+
+

गोवा पुगेर बिकिनीमा खुलेकी सृष्टि (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १७:२५

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ फुर्सदमा छिन् । उनलाई यतिबेला एक्सन–कटको चटारो छैन । गत वर्षकी यी व्यस्त अभिनेत्री फिल्मभन्दा घुमघाममै व्यस्त छिन् । गत महिना लण्डनबाट फर्किएकी उनी केही साता काठमाडौं वरपरको घुमघाममा रमाइन् । उनी यतिबेला भारतको पर्यटकीय थलो गोवा पुगेकी छन् ।

गर्मीले हैरान भएको भारतमा सृष्टिले गोवाको समुन्द्री तटमा आनन्द लिइरहेकी छन् । प्राप्त तस्वीरमा सृष्टिलाई गोवाको समुन्द्री तटमा छालसँग ‘इन्जोय’ गरिरहेको देख्न सकिन्छ । उनी बिकिनी पहिरनमा खुलेकी छन् । उन्मुक्त देखिन्छिन् । उनी साथीहरुसँग गोवामा भ्रमणको मज्जा लिइरहेकी छन् ।

सृष्टि अभिनित पछिल्ला फिल्महरु चिसो एस्ट्रे, माइकल अधिकारी, द सेक्रेट्स अफ राधा र प्रेमाले बक्सअफिसमा कमाल देखाउन सकेनन् । त्यसपछि अभिनेता सौगात मल्लसँगको सात वर्ष लामो सम्बन्ध टुंगिएको पीडा त छँदैछ । यी सबथोकबाट टाढिएर उनी प्रकृतिसँग निकट भइरहेको देख्न सकिन्छ । ‘गाजलु’ डेब्यु गर्लसँग तत्कालका लागि फिल्मको लाइनअप पनि छैन ।

जे होस्, यस वर्षको विश्व सुन्दरी प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको गोवामा पूर्वमिस नेपालको यो घुमघाम निकै रमाइलो देखिन्छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?