+
+

माछापुच्छ्रे बैंकका ग्राहकलाई केएफसी, क्रिमेबेल र पिज्जा हटमा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १७:५६

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले केएफसी, क्रिमेबेल र पिज्जा हटमा आकर्षक छुट पाउने भएका छन् । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच छुट दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार दिव्यानी इन्टरनेशनल नेपाल प्रालिमा आवद्ध केएफसी, क्रिमेबेल र पिज्जा हट आउटलेटहरु मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकका ग्राहकहरुले छुट पाउने छन् । जसका लागि बैंकको विभिन्न डिजिटल माध्यम क्यूआर वा पीओएस मेसिन मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्ने ग्राहकले दैनिक पहिलो कारोबारमा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकले दैनिक पहिलो अर्डरमा बढीमा १८० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने दाबी गरेको छ । बैंकका अनुसार क्यासब्याक योजना २५ जेठदेखि २६ असारसम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?