२६ जेठ, काठमाडौं। पुनः प्रयोग गर्न सकिने सम्भावना हुँदाहुँदै विश्वमा हरेक वर्ष दशौं लाख स्टोरेज डिभाइसहरु नष्ट गर्ने गरिएको छ।
स्टोरेज हार्डवेयरको सुरक्षित पुनः प्रयोग सम्बन्धी क्षेत्रमा काम गर्दै आएका कम्पनीहरुको साझेदारी समूह Circular Drive Initiative (CDI)का सचिव तथा कोषाध्यक्ष जोनमाइकल ह्याण्डस भन्छन् : माथि उल्लेखित कार्य गलत हो भन्ने बुझ्नका लागि कुनै इन्जिनियरिङ डिग्री गरिराख्नु पर्दैन ।
ह्याण्डले ब्लकचेन प्रविधि क्षेत्रको कम्पनी चिया नेटवर्कमा पनि काम गर्दै आएका छन् । ठूला डाटा सेन्टरले प्रयोग नगर्ने भनेका स्टोरेज डिभाइसहरुलाई चिया नेटवर्कले सजिलै पुनः प्रयोग गर्न सक्दछ ।
सन् २०२१ मा पूराना तथा काम नलाग्ने प्रविधिका स्टोरज डिभाइसहरु माग गर्दै चिया नेटवर्क आइटी एसेट डिपोजिसन कम्पनीमा पुग्यो। तर सो कम्पनीबाट पूराना ड्राइभहरु पुनः प्रयोगका लागि दिन नसकिने र त्यस्ता ड्राइभलाई नष्ट गर्नुपर्ने जवाफ आयो।
पूराना चल्ने अवस्थामा रहेका ड्राइभहरुमा रहेका डाटा पूर्ण रुपमा मेटेर त्यसलाई बिक्री गर्न आग्रह गर्दा कम्पनीले प्रयोगकर्तारुले आफूहरुलाई त्यसो गर्न अनुमति नदिने बतायो। एकजना IT Asset Dispositionका अनुसार उनीहरुले एकजना ग्राहककै ५० लाख ड्राइभ नष्ट पारिरहेका छन् ।
स्टोरेज डिभाइसहरु प्रायः ५ वर्षको वारेन्टी सहित बिक्री गरिन्छ। ठूला डाटा सेन्टरहरुले त्यसको अवधि समाप्त भएसँगै डिभाइसहरुलाई अवकास दिन्छन्। कम संवेदनशील डाटा रहेका ड्राइभलाई जगेडामा राखिन्छ। यद्यपि ९० प्रतिशत हार्ड ड्राइभहरु एकपटक निकालिसकेपछि पुनः प्रयोग गर्नको साटो नष्ट गरिने गरेको बताइएको छ।
उसो त हार्ड ड्राइभलाई टुक्राटुक्रा पारेर नष्ट गर्ने काम आजकल तुलनात्मक रुपमा जोखिमपूर्ण पनि छ। पछिल्लो पटकका ड्राइभहरुमा प्रति वर्गइन्चमा ५ लाखवटा डाटा ट्रयाक हुन्छन् ।
एउटा कुनै हार्डड्राइभ कतिपटक पुनःप्रयोग गर्ने तथा रिफर्बिस गर्ने भन्ने कुरा पूर्वानुमान छैन। हाल सन् २०१८ मा विश्वभर बिक्री भएका साढे ३७ करोडमध्ये अधिकांस हार्ड ड्राइभहरुको वारेन्टी समाप्त हुनेबेला भयो।
सिगेट कम्पनीले पुनःप्रयोग गर्न नसकिने खालका ड्राइभहरुका काम लाग्ने पाटपुर्जा निकाल्ने वा त्यसमा रहेका वस्तुहरुको रिसाइक्लिङ गर्ने काम गर्दछ।
ताइवानको एक पाइलट कार्यक्रममा ड्राइभमा रहेका ५७ प्रतिशत पदार्थहरु रिसाइकल गरिएको थियो जुन चुम्बक तथा आल्मुनियमबाट बनेका थिए। हार्ड ड्राइभमा प्रयोग हुने ६१ भन्दा धेरै रासायनिक तत्वहरु रिकभर गर्नका लागि नयाँ आविष्कार वा प्रविधिमा नवप्रवर्तनको खाँचो छ। बीबीसीको सहयोगमा
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4