+
+

कञ्चनपुरमा नहरमा डुबेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते १७:३३

२७ जेठ, धनगढी । कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१५ गोबरियाका ३५ वर्षीय भुवनराज भट्टको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नहरमा पानी लगाउन भन्दै घरबाट गएका भट्ट अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भट्टलाई शनिबार बिहान नहरमै पानीमा डुबेको अवस्थामा मृत भेटेको हो ।

उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?