+
+

नेपालमा विदेशी फिल्मको पनि कमाइ घट्यो, पछिल्ला तीन फिल्मले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १४:०१

काठमाडौं । स्वदेशी मात्र होइन, नेपाली बक्स अफिसमा पछिल्लो समय विदेशी फिल्मको कमाइमा समेत गिरावट आएको छ । स्टारकास्ट र ब्राण्डका हिसाबले चर्चित हलिउड र बलिउड फिल्मले समेत नेपालमा अपेक्षित कमाउन सकेका छैनन् । नेपालीसँगै विदेशी फिल्मले पनि दर्शकलाई तान्न संघर्ष गरिरहेका छन् ।

पछिल्लो दुई सातामा रिलिज भएका विदेशी फिल्महरु ‘स्पाइडरम्यान : एक्रस द स्पाइडर भर्स’, ‘जरा हटके जरा बचके’ र ‘ट्रान्सफर्मर्स : राइज अफ द बिट्स’ तीनै फिल्मको कमाइ ५० लाख रुपैयाँ नेट पनि कटेको छैन । अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको ‘स्पाइरम्यान’ युनिभर्सको यो पछिल्लो फिल्म दुई साताअघि नेपालमा रिलिज भएको थियो ।

चलचित्र विकास बोर्डको बक्स अफिसमा यो फिल्मको कमाइ सोमबार बिहानसम्म ४७ लाख रुपैयाँ नेट मात्र छ । सारा अली खान र विक्की कौशल स्टारर बलिउड रोमान्टिक ड्रामा ‘जरा हटके जरा बच्के’को कमाइ ४२ लाख रुपैयाँ नेट र ‘ट्रान्सफर्मर्स : राइज अफ द बिट्स’को तीन दिनको कमाइ १६ लाख रुपैयाँ नेट छ ।

स्टारकास्ट र चलेको ब्राण्डको आधारमा यी तीन फिल्मको कमाइ निकै न्यून हो । ‘स्पाइडरम्यान’को यो फिल्मले राम्रो समीक्षा प्राप्त गरे पनि व्यापक रुपमा नेपाली दर्शकलाई आकर्षित गर्न सकेन । ट्रान्सफर्मर्स पनि चलेको हलिउड श्रृंखला हो, जसको ओपनिङ नेपाली बक्स अफिसमा निकै न्यून रह्यो ।

चलचित्र विकास बोर्डको सोमबारसम्मको नेट कलेक्सन हेर्दा ‘जारी’को कमाइ १४ करोड ३२ लाख र ‘नीरफूल’को नेट कमाइ १३ लाख ४२ हजार रुपैयाँ मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?