+
+

वाणिज्य बैंकहरुले असारमा निक्षेपको ब्याजदर नचलाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १६:४६

३० जेठ, काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको ब्याजदर नचलाउने निर्णय भएको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिका मुद्रास्फीति ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको केन्द्रिय बैंकले मुद्रास्फीतिका लक्षित सीमाभन्दा तल नजाने गरी नीतिगत दर पनि ७ प्रतिशत नै राखेको थियो ।

मुद्रास्फीति लक्षित सीमाभन्दा माथि नै रहेकोले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाबाट बैंकदर चलाएपनि नीतिगत दर यथावत राखेको थियो ।

आगामी आर्थिक वर्षको लागि सरकारले बजेट मार्फत मुद्रास्फीति साढे ६ प्रतिशत भित्र राख्ने लक्ष्य मौद्रिक नीतिलाई दिएको छ । सोही अनुसार मौद्रिक नीतिमा नीतिगत दरहरु तय हुन्छ । बैंकरले मौद्रिक नीतिबाट ब्याजदरको संकेत कुर्दै असारमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेका हुन् ।

वैशाखदेखि बैंकहरुको निक्षेपको ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत र बचतमा ५.४ देखि ७.४ प्रतिशतको ब्याजदर कायम गरेका छन् ।

यस्तै राष्ट्र बैंकले व्यक्तिगत मुद्दतिमा भन्दा संस्थागत मुद्दतिको ब्याजदर २ प्रतिशत बिन्दुले कम कायम गनुृपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार संस्थागत मुद्दति निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?