+
+

धनुषामा महिला हत्याको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १७:५२

२९ जेठ, जनकपुरधाम । धनुषामा एक महिलाको हत्या आरोपमा युवक पक्राउ परेका छन् ।

धनुषाको मिथिलाबिहारी नगरपालिका-८ तारापट्टीकीका ४२ वर्षीया उषा दासको हत्या आरोपमा बाराको कलैया नगरपालिका-१८ घर भई जनकपुरमा घर बनाउने मिस्त्री काम गर्ने २२ वर्षका ओमलाल मण्डल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मण्डललाई चितवनबाट पक्राउ गरी ल्याएर मंगलबार सार्वजनिक गरेको छ । २८ जेठको साँझमा प्रहरीले उषाको शव उनकै घर नजिकैको पोखरीको डिलबाट बरामद गरेको थियो ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काका अनुसार मण्डललाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

उषाको २० जेठमा नै हत्या भएको थियो । २८ गते साँझ ५ बजे पोखरीको छेउमा जनावरले खोस्रेको देखेपछि शंका लागेर स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उत्खनन गरेपछि उषाका छोराबुहारीले शव सनाखत गरेका थिए ।

एकल महिला उषाको हत्या उनका छोराबुहारी घरमा नभएको बेला भएको थियो । प्रहरीले मृतक उषाको कपडा, खाल्डो खन्न प्रयोग भएको बेल्चा पनि बरामद गरेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?