+
+
Shares

नमुना संयुक्त राष्ट्रसंघको अभ्यास सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते ७:५७

३१ जेठ, काठमाडौं । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदले चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास सन्चालन गरेको छ । सो अभ्यासमा मुलुकभरवाट छनौट भएका २०० जना युवा सहभागी थिए ।

नेपाली युवाहरुलाई सक्षम, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय कूटनीतिमा अभ्यस्त गराउने उद्देश्यले सरकारी तवरबाट पहिलोपटक यसखालको कार्यक्रम आयोजना गरिएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

नमुना अभ्यासका क्रममा दिगो विकास लक्ष्य, जलवायु परिवर्तन प्रतिकार्य, गरिवी निवारण, बेरोजगारी, भोकमरी, विश्व शान्ति लगायत साझा विषयहरुमा बैठक गरी छलफल भएको थियो । नमुना संयुक्त राष्ट्रसंघको नमुना महासचिवको भूमिका गुल्मीकी इसिका पन्तले निर्वाह गरेकी थिइन् ।

सहभागी दुई सय युवाले दुई सय देशकै नमुना प्रतिनिधि मण्डलको नेतृत्व गरेर सम्मन्धित देशका समस्या र चुनौतीको समेत चिरफार गर्ने अभ्यास गरेका थिए । यसक्रममा अन्तर्राष्ट्रिय मञ्चहरुमा अपनाउनुपर्ने कूटनीतिक मर्यादा, भाषा, शैली, सहकार्य लगायतका विषयमा सहभागी युवाहरु प्रशिक्षित भएको युवा परिषदले जनाएको छ ।

नमुना अभ्यास कार्यक्रमको उदघाटन समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्दी, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङ, कार्यक्रमको प्राविधिक साझेदार सेन्ट जेभियर्स कलेजका प्रमुख डा.अगस्टाइन थोमस एस.जे. लगायतको सहभागिता थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?