+
+

हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३१ गते १३:४९

३१ जेठ, विराटनगर। उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ।

हर्कविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै रिट निवेदकले अन्तरिम आदेश माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?