+
+

लगनशील शिल्पा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १३:५८

काठमाडौं । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ होस् या बलिउड फिल्म ‘गोल्ड’ । यी दुई फिल्मले शिल्पा मास्केलाई अन्तर्राष्ट्रिय फिल्मसँग परिचित बनाए । यसबाहेक केही विदेशी सिरिज पनि उनको नाममा छन् । यो चिनारीपछि आफ्नो पहिचान खोज्दै उनी यतिबेला नेपाली फिल्ममा संघर्ष गरिरहेकी छन् ।

चार वर्षअघि रिलिज भएको ‘द ब्रेकअप’बाट नेपाली फिल्ममा डेब्यु गरेकी शिल्पा अहिलेकी व्यस्त अभिनेत्री हुन् । नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने सपना देखेकी शिल्पाको मुस्कानमा फिदा हुने धेरै छन् । उनको मृदुभाषी र लगनशील स्वभावले धेरैमाझ प्रिय पनि छिन् । नेपाली फिल्ममा करिअर बनाउन लण्डनमा हुँदाखाँदाको भविष्य छाडेर सात वर्षअघि काठमाडौं आएकी शिल्पाले ‘ट्रान्जिट’ नामक नाटकबाट रंगमञ्चमा समेत डेब्यु गर्दैछिन् ।

सात फिल्ममा अभिनय गरेकी शिल्पाले जति फिल्ममा अभिनय गरिन्, ती पात्र सशक्त थिए । व्यावसायिक हिट ‘फूलबारी’मा उनको छोटो तर बलियो रोल थियो । कागजपत्र, सानो मन, कठपुतली, लाइफ इन एल रिलिज भइसकेका छन् भने परस्त्री असार १५ मा प्रदर्शनको तयारीमा छ । ‘म एक्सपेरिमेन्टल भूमिका गर्न चाहन्छु,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन् ।

फेसन कन्सस समेत मानिने शिल्पाले अनलाइनखबरसँगको फोटोसुटमा कासा बुटिकले डिजाइन गरेको ब्राउन ब्लेजरमा आफ्नो सौन्दर्य छरिन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?