+
+

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १६:४२

३२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ।

निधि निवास नयाँबानेश्वरमा बिहीबार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको थियो ।

वीपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुसी व्यक्त गरेका थिए ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका निधिसँगको भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने बिषयमा पनि कुराकानी भएको थियो ।

यसैगरी, नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेता निधिले दुई देशबीच भएका सम्झौता शिघ्रातीशिघ्र कार्यान्वयन हुने बिश्वास व्यक्त गरेका थिए ।

राजदूत खनानले सो समझदारी छिट्टै पूरा गर्ने आश्वासन दिएको निधिको सचिवालयले जनाएके छ ।

नेपाल र इजरायलबीच सन् २०२० मा एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स निर्माणको लागि समझदारी भएर नेपालले त्यसको लागि ठाउँहरु उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?