+
+

साढे ४ किलो गाँजासहित भक्तपुरमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते ११:१९

१ असार, काठमाडौं । भक्तपुरमा प्रहरीले साढे ४ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मंगलटार घर भइ भक्तपुरको मंगलाछे बस्ने २३ वर्षका अभी तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार बिहीबार राति मंगलाछेमा प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा तामाङलाई सोधपुछ तथा चेक गर्दा ४ किलो ५२० ग्राम फेला परेको हो ।

उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?