
१ असार, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट संशोधन गर्दा कसैको हारजित नहुने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सत्ता पक्षकै सांसदहरुको विरोध आएको भन्दै उनले बजेट संशोधन गर्दा राम्रो परम्पराको सुरुवात हुने बताए ।
शुक्रबार मन्त्रालयगत छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘संसदको सुझाव अनुसार हामीले बजेटमा परिमार्जन ग¥यौ भन्दाखेरी कसैले हारेको हुँदैन । एउटा राम्रो परम्पराको सुरुवात पनि हुन्छ, संसदको गरिमा रहन्छ ।’
बजेट संशोधन नगर्ने हो भने अहिलेको व्यवस्थालाई असफल बनाउन मदत गर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4