+
+

‘आदिपुरुष’ फिल्म लेखकको विवादित बयान : १९०३ अघि नेपाल भारतकै हिस्सा थियो

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते ७:५२

काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादित बयान दिएका छन् । भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको बताएका हुन् । उनले यो कुरा नेपालीले बुझ्न नसकेको पनि बताए ।

‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगलाई लिएर व्यापपक विरोध भइरहँदा लेखक मुन्तशिरले राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग नरहेको तर्क गरे ।

उनले भनेका कुरा जस्ताको तस्तै :

नेपालमा भैरहेको विरोधलाई मैले बुझ्न सकेको छैन । सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो । भारत नै थियो नेपाल । यो हिसाबले त सीता भारतकै छोरी थिइन् । नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन । नेपाली त हाम्रा भाई नै हुन् । यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन् । राष्ट्रको रुपमा नेपाल र भारत आज पनि अलग छैनन् । देशको रुपमा अलग भएपनि, सीमाहरु अलग भएपनि राष्ट्रियताको रुपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ ।

दिल्ली उच्च अदालतमा रिट दायर

प्रभास र कृति सेनन स्टारर यो फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा समेत निवेदन परेको छ । हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले रिट दायर गरेका हुन् । उनले फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरेका छन् ।

गुप्ताले निवेदनमा भनेका छन्, ‘फिल्ममा हाम्रा आराध्य देवताहरूलाई गलत रूपमा चित्रण गरिएको छ, जुन आपत्तिजनक छ । त्यसैले यस्तो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?