+
+

रास्वपालाई साँघुरो भयो बसुन्धराको कार्यालय, बालाजु सर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १७:३३

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय सार्ने भएको छ ।

बसुन्धरा चोकमा रहेको कार्यालय साँघुरो भएपछि बालाजुमा सार्न लागिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए ।

पार्टी गठनको एक वर्ष पुगेसँगै ७ असारमा कार्यालय सार्ने र पार्टी गठनको एक वर्ष पूरा भएको अवसरमा चियापान गरिने उनले बताए ।

‘अहिलेको ठाउँ अलि साँघुरो भयो । अहिलेको ठाउँमा अफिसियल गाडी कार्यालयको प्राङ्गणमा राख्न नमिल्ने छ,’ उनले, ‘अब सर्ने भवनमा पाँच तला छ ।’

५ तल्ले पूरै भवन रास्वपाले लिएको हो । नयाँ भवन रास्वपाकै नेता डा. भरत देवकोटको हो । पार्टीका अनुशासन समितिमा रहेका घरधनी देवकोटालाई भाडा वापत मासिक साढे ३ लाख तिर्ने सहमति भएको ढकालले बताए ।

बसुन्धरामा रहेको भवनका लागि रास्वपाले मासिक डेढ लाख भाडा तिर्दै आएको थियो ।

‘कम्तिमा २०८४ को चुनावसम्म हामी यही घरमा रहने तयारीमा छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?