+
+

लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने प्रस्ताव दुवै बैंकको साधारण सभाबाट स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १६:१०

३ असार, काठमाडौं । लक्ष्मी बैंकको विशेष साधारणसभाले सनराइज बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको छ । आइतबार सम्पन्न विशेष साधारणसभाले १ः१ को स्वाप रेसियोमा सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित भएको लक्ष्मी बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साधारण सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने सेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरू गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।

आइतबार नै सम्पन्न सनराइज बैंकको १५औं वार्षिक साधारण सभाले पनि लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ असार मसान्तको वासलात तथा आव २०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन पारित गरेको बैंकले जनाएको छ ।

साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।

मर्जरपछि बन्ने बैकको नाम लक्ष्मी सनराइज बैंक रहनेछ भने प्रमुख कार्यकारी अधिकृत पनि लक्ष्मी बैंकको अजय विक्रम शाह हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?