+
+

फाइभ नेसन्स बास्केटबलमा नेपालले माल्दिभ्सलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते ६:५४

४ असार, काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स कप बास्केटबल च्याम्पियनसिपको अन्तिम लिग खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ७५-६८ ले पराजित गरेको छ ।

मालेमा आइतबार भएको खेलमा नेपालले सुरुवातदेखि नै अग्रता बनाउँदै माल्दिभ्सलाई दबाबमा राखेको थियो ।

पहिलो क्वाटर २४-१२ ले आफ्नो पक्षमा परेको नेपालले दोस्रो क्वाटर २२-२१ ले आफ्नो पक्षमा पार्दै ह्याफ टाइममा ४६-३३ को अग्रता बनायो । तेस्रो क्वाटरमा नेपालले १६-६ को अग्रता बनाउँदा समग्रमा ६२-३९ को अग्रता लियो ।

चौथो तथा अन्तिम क्वाटर माल्दिभ्सले २९-१३ ले आफ्नो पक्षमा पारे पनि नेपाललाई जितबाट रोक्न सकेन । अन्तिम क्वाटर गुमाए पनि नेपालले खेल ७५-६८ ले जित्यो ।

नेपालका लागि मनिस केसीले सर्वाधिक २१ अंक जोड्दा विजय बुर्जाले १३ अंक जोडे ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा भुटानसँग पराजित भएको थियो । त्यसयता नेपालले पाकिस्तान, बंगलादेश र माल्दिभ्सलाई पराजित गर्दै लगातार तेस्रो खेल जितेको हो ।

तीन जित र एक हारको नतिजाबाट ७ अंक जोडेको नेपाल लिग चरण शीर्ष स्थानमा रह्यो । तीन खेल नै जितेको पाकिस्तान नेपालसँग समान अंक जोडे पनि दोस्रो स्थानमा रह्यो । समान ६ अंक जोडेका बंगलादेश र भुटान तेस्रो र चौथो स्थानमा रहे ।

घरेलु टोली माल्दिभ्स भने ४ अंक जोडेर लिग चरणबाटै बाहिरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?