+
+

रास्वपाको दस्तावेजलाई अन्तिम रुप दिन १७ सदस्यीय कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १२:५५

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा १७ सदस्यीय कार्यदल बनाएको छ ।

रास्वपाले आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार यो कार्यदलमा पदाधिकारीबाट महामन्त्री ढकाल र सहमहामन्त्री बुर्लाकोटी छन् ।

अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बुर्लाकोटीले जानकारी दिए । उक्त दस्ताबेजमाथि पटक पटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिने रास्वपाको तयारी छ । ‘त्यसपछि पार्टी सभापतिलाई बुझाउँछौं’, सहमहामन्त्री बुर्लाकोटीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?