+
+

‘मिसन इम्पोसिबल ७’ को विश्व प्रिमियरमा चम्किए टम क्रुजसहितका स्टार (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते ११:५१

काठमाडौं । टम क्रुज स्टारर प्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’लाई नेपाली समयानुसार मंगलबार बिहान इटालीको राजधानीमा रोममा भव्य विश्व प्रिमियर गरिएको छ । स्थानीय डेला कन्सिलियाजियोन भनिने ढुंगैढुंगाको अडिटोरियममा फिल्मका स्टारहरु प्रिमियरमा सहभागी भए ।

अभिनेता क्रुज र इटालेली प्रधानमन्त्री जर्जिया मेलोनीबीच भेटवार्ता भएकाले प्रिमियर ९० मिनेट ढिला सुरु भएको थियो । जब क्रुजसहित निर्देशक क्रिस्टोफर म्याक्वेरी, कलाकारहरु रेविका फर्गुसन, साइमन पेग, भेनेसा किर्बीलगायत ठूलो समूह रेडकार्पेटमा उपस्थित हुँदा ठूलो ताली बजेको थियो ।

जब प्रिमियरको पर्दामा रोम सहर देखिन थाल्यो, दर्शकले ‘ब्राभो टम’ भन्दै समर्थनमा हुटिङ गरेका थिए । यो समारोह रोम फिल्म फेस्टिभलको स्वतन्त्र रूपमा सञ्चालित एलिस इन द सिटी खण्डसँग मिलेर आयोजना गरिएको थियो, जुन युवा दर्शकलाई समर्पित थियो । फिल्मको वितरक ईगल पिक्चर्स हो, जसको पारामाउन्टसँग स्थानीय वितरण साझेदारी छ । यो एक्सन फिल्मको ठूलो हिस्सा रोममा छायांकन गरिएको थियो ।

यो फिल्म ‘डेड रेकनिङ पार्ट वन’ले अघिल्लो श्रृंखला ‘फलआउट’लाई पछ्याउँछ, जहाँ टम क्रुज इथान हन्ट नामको भूमिकामा देखिएका छन् । उनको गोप्य एजेन्टको टोलीले डबल-क्रसको श्रृंखलाको बीचमा विश्वलाई आणविक सर्वनाशबाट बचाउँछ । सन् २०१८ को रिलिज फ्रेन्चाइजीमा यो सबैभन्दा धेरै कमाउने श्रृंखला थियो, जसले विश्व बक्स अफिसमा ८०० मिलियन डलर कमाइ गर्‍यो ।

प्रिमियरमा भीमकाय पहाडी चट्टानबाट ज्यानलाई जोखिममा राख्दै अभिनेता क्रुजले गरेको मोटरसाइकल स्टन्टको चर्चा भएको थियो । यो फिल्म जुलाई १२ मा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

तस्वीरहरु : प्यारामाउण्ट पिक्चर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?