+
+

करण केसीको उत्कृष्ट बलिङ, अमेरिका दबावमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १३:५८

५ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा अमेरिकाविरुद्ध करण केसीले उत्कृष्ट बलिङ गरेका छन् ।

दोस्रो ओभरमा आएका करणले एकपछि अर्को विकेट लिदा अमेरिका दबावमा परेको छ । करणले आफ्नो पहिलो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिए ।

ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

चौथों ओभरमा फेरि आएका करण ह्याट्रिक बलमा थिए । तर ह्याट्रिक गर्न सकेनन् ।

तर बलियो दबाव सिर्जना गरे । छैटौं ओभरलाई करणले मेडन ओभरमा सिध्याए ।

आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई आउट गराए ।

फेरि करणले १२ ओभरलाई रन विहीन बनाए । यो ओभरसम्म करणले व्यक्तिगत ६ ओभरमा सात रन मात्रै खर्चिएर चार विकेट लिए । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?