+
+
साफ च्याम्पियनसिप :

कठिन प्रतिद्वन्द्वी विरुद्ध खेल्न नेपाल तयार

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असार ५ गते १७:२६

५ असार, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा बुधबारदेखि भारतको बैंगलोरमा १४ औं संस्करणको साफ च्याम्पियनसिप सुरु हुँदैछ ।

धेरै नयाँ खेलाडी रहेको नेपाली टिम थोरै समयको तयारी र एउटा मात्रै मैत्रीपूर्ण खेल खेलेर बैंगलोर पुगेको छ । यस्तो स्थितिमा पनि नेपाली टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले कठिन प्रतिद्वन्द्वी विरुद्ध खेल्न तयार रहेको बताएका छन् ।

समूह ए मा रहेको नेपालले पहिलो खेलमै बुधबार कुवेतको सामना गर्दैछ । कुवेतसँग अहिलेसम्म ९ खेल खेल्दा २०१९ मार्चमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेल्नु नै नेपालको ठूलो सफलता हो । त्यसअघिका चार र त्यसपछिका चार गरी ८ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

नेपालकै समूहमा दक्षिण एसियाको पावर हाउस भारत र फिफा निलम्बनबाट फर्केर पहिलो पटक साफ खेल्न लागेको पाकिस्तान पनि छन् ।

मंगलबारको प्रिम्याच कन्फेरेन्समा नेपालका प्रशिक्षक एनेसले तयरीका लागि थौरै समय भए पनि टिमप्रति सकरात्मक रहेको बताए । शहीद स्मारक लिग नसकी क्लबहरुले खेलाडी छाड्न नमाने पछि नेपाली टिमले तयारी नै गर्न पाएको छैन ।  जेठ २७ गते लिग सकेर नेपाली खेलाडी त्यसको २ दिनपछि फिलिपिन्स उडेका थिए ।

‘हाम्रो ट्याक्टिकल सेसन धेरै भएन । प्रशिक्षका रुपमा म धेरै चाहन्थें’ एनेसले भने, ‘हामीसँग जे छ त्यसैमा काम गर्नुपर्छ । म टिमप्रति सकारात्मक छु र हामीले नयाँ अनुभवमा विश्वास गर्नुपर्छ ।’

साढे ३ महिनाअघि नेपाली राष्ट्रिय टिमको जिम्मेवारी सम्हालेका उनले लिगकै बीचमा खेलाडीलाई ट्याक्टिकल सेसन गराएका थिए । फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा १-० ले पराजित भए पनि उक्त खेल एनेसका लागि टिमको स्तर बुझ्ने अवसर बन्यो । उनले त्यो मैत्रीपूर्ण खेलबाट निक्कै फाइदा भएको बताए । उक्त खेलमा लकेन लिम्बु र विमल पाण्डेले डेब्यु गरेका थिए ।

प्रशिक्षक एनेसले यसपटक टिममा नयाँ खेलाडीहरु भएकाले उनीहरुले राम्रो अन्तर्राष्ट्रिय अनुभव लिने अपेक्षा राखेका छन ।

‘नयाँ पुस्ताका खेलाडी र प्रशिक्षकको रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुल्ने आशा छ’, पहिलो साफको सामना गर्न लागेका उनले भने ।

राष्ट्रिय टिमबाटै खेलिसकेका दर्जन भन्दा बढी खेलाडी राम्रो भविष्य खोज्दै अष्ट्रेलिया गएकाले नेपाली  टिममा नयाँ र युवा खेलाडीको बाहुल्यता छ ।

‘हाम्रा धेरै खेलाडीले साफमा पहिलो पटक खेल्दैछन् र यो साफको हिस्सा हुन पाउनु धेरै महत्वपूर्ण हो,’ भारतीय आईलिग टिमको प्रशिक्षक रहिसकेका एनेसले थपे,  ‘हामी राम्रो टिमहरु भारत, कुवेत र पाकिस्तानसँग खेल्दैछौं ।’

१४औं पटक यो प्रतियोगिता खेल्न लागेको नेपालका लागि एक चोटी फाइनल पुग्नु नै अहिलेसम्मकै ठूलो उपलब्धि हो । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने यस प्रतियोगिताको गत संस्करणमा नेपाल फाइनल पुगेको थियो । 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?