+
+

स्पेनका पूर्व प्रशिक्षक एनरिकलाई भित्र्याउने पीएसजीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १९:११

५ असार, काठमाडौं । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले स्पेनका पूर्व प्रशिक्षक लुइस एनरिकलाई मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ ।

यद्यपि पीएसजीमा क्रिस्टोफर ग्याल्टियरनै मुख्य प्रशिक्षकका रुपमा कार्यरत छन् ।

२०२२ को जुलाईमा पूर्व प्रशिक्षक मौरिसियो पोचेटिनोको उत्तराधिकारीको रुपमा पीएसजी आएका ५६ वर्षका ग्याल्टियरको जिम्मेवारी अन्त्य हुनु लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचार छ ।

एनरिकले कतारमा भएको विश्वकप पश्चात स्पेनको जिम्मेवारी छोडेका थिए । बायर्न म्युनिखका पूर्वप्रशिक्षक जुलियन नागेल्सम्यानसँगको वार्ता बिना सहमति टुङ्गिएपछि पीएसजी ५३ वर्षीय एनरिकतिर फर्किएको हो ।

उनी खेलाडी जीवनमा बार्सिलोनाका एक उत्कृष्ट खेलाडी थिए । उनले २०१४ र २०१७ को बिचमा नाउ क्याम्पमा प्रशिक्षण दिएका थिए ।

कतारी मालिकले राखेको च्याम्पियन्स लिग उपाधिको माग पूरा गर्न नसकेपछि पीएसजी संरचनागत परिवर्तनमा लागेको छ ।

ग्याल्टियरले सबै प्रतियोगितामा २२ खेलमा अपराजित रहँदै आफ्नो करिअरको उत्कृष्ट सुरुवात गरेका थिए । कतारमा भएको विश्वकपका लागि लि रोकिँदा पीएसजी ५ अंकले अघि थियो ।

विश्वकपपछि पीएसजीको प्रदर्शन उस्तै रहेन । विश्वकपपछि खेलेका मध्ये ९ खेलमा पीएसजी पराजित भयो । तर पनि पिएसजीले १ अंकले लेन्सलाई पछि पार्दै लिग वान् जितेको थियो । च्याम्पियन्स लिगमा भने पीएसजी बायर्नसँग हार्दै अन्तिम १६ बाटै बाहिरिएको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?