+
+

कुवेतविरुद्ध अन्जनले एक गोल फर्काए

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १७:३४
फाइल तस्वीर

६ असार, बैंगलुरु । साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध तीन गोलले पछि परेपछि नेपालले एक गोल फर्काएको छ ।

खेलको ६७औं मिनेटमा अन्जनले कुवेतका तीन डिफेण्डर र गोलरक्षकलाई छक्याउँदै बक्स भित्रबाट शानदार गोल गरे । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्‍याएका छन् ।

उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए ।

यसअघि कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गरी तीन गोल गरिसकेको छ । साफ च्याम्पियनसिपमा पहिलो पल्ट दक्षिण एसिया बाहिरका कुवेत र लेवनानलाई आमन्त्रित टिमका रुपमा समावेश गरिएको हो ।

यो प्रतियोगितामा नेपाल समूह ए मा छ । यो समूहमा भारत र पाकिस्तान पनि छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?