+
+

दीपेन्द्रले तोडे गतिरोध, ११५ रन बनाएर आउट भए पुरन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १६:०९

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट लिएको छ ।

४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले विष्फोटक ब्याटर निकोलस पुरनलाई कट एण्ड बोल्ड गरेका हुन् । यसअघि दुईपल्ट जीवनदान पाएका पुरन ११५ रन बनाएर खेलिरहेका थिए ।

उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे । योसँगै २५ ओभरभन्दा बढि समयदेखि विकेटका लागि प्रयासरत नेपाल टिमका लागि दीपेन्द्रले गतिरोध तोडेका छन् ।

यसअघि १५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट भएका थिए । पुरनले चौथो विकेटका लागि कप्तान साइ होपसँग मिलेर २१६ रनको साझेदारीसमेत गरे । यहीकारण पारीको सुरुवातमा दवावमा परेको वेष्ट इण्डिज अहिले विशाल योगफलतर्फ अघि बढिरहेको छ । कप्तान होप १२१ बलमा १२० रन बनाएर खेलिरहेका छन् ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच अआउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए ।

पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे । गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चाल्र्सले खाता खोल्नै सकेनन् ।

प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?