+
+

रिभर्स रिपो मार्फत पुनः २० अर्ब खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १६:०५

८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले रिभर्स रिपो मार्फत पुनः २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । १० असारमा ७ दिन अवधिको रिभर्स रिपो मार्फत २० अर्ब रुपैयाँको तरलता खिच्न लागिएको राष्ट्र बैंकले छ ।

बिहीबार मात्रै रिभर्स रिपो मार्फत १० अर्ब रुपैयाँ तरलता खिचेको राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर लक्षित सीमामा नपुग्ने भएपनि पुन तरलता खिच्न लागेको हो । बुधबार रिपो मार्फत १० अर्ब तरलता खिच्दा समेत अन्तर बैंक ब्याजदर ३ प्रतिशत हाराहारी मात्रै भएपछि थप तरलता खिच्न लागिएका राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

ब्याजदर करिडोरको तल्लो सीमा ५ प्रतिशत रहेकोले तरलता खिच्दा पनि सो भन्दा तलै अन्तरबैंक ब्याजदर रहेपछि आइतबार पुनः तरलता खिच्न लागेको हो । ‘अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी विन्दुले तलमाथि भएमा रिपो/रिभर्स रिपो बोलकबोल खुला हुने व्यवस्था मिलाइने छ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ । सोही अनुसार अन्तरबैंक ब्याजदर ५ प्रतिशत भन्दा तल झरेपछि रिभर्स रिपो जारी गर्दै तरलता खिचेको हो ।

१० अर्ब खिच्दा पनि अन्तरबैंक ब्याजदर ५ प्रतिशत भन्दा तलै भएपनि पुनः आइतबार २० अर्ब खिच्न लागेको हो ।

अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा ३ प्रतिशत विन्दुभन्दा बढीले घट्न गएमा निक्षेप बोलकबोल खुला हुने पनि मौद्रिक नीतिमा उल्लेख थियो ।

बिहिबार भएको रिभर्स रिपो बोलकबोलमा ९ वटा बैंक तथा वित्तीय संस्थाको ५९ वटा प्रस्तावमा २६ अर्ब ३३ करोडको आवेदन दिएका थिए । उक्त रिभर्स रिपोको भारित औसत ब्याजदर ३.०१०९ प्रतिशत कायम भएको छ । अधिकतम ३.२४ प्रतिशत र न्युनतम २.७३९९ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?