+
+

गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते ६:२२

९ असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको वडानम्बर-३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ ।

भवनको काम अहिले रङ्गरोगन र सरफाइको काम मात्रै बाँकी रहेको छ । भवन निर्माणको प्रगति ९५ प्रतिशत भएको गुल्मी दरबारगाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले बताए ।

नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । तर, जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।

गुल्मीदरबार गाउँपालिकामा निर्माण भएको भवनको २०७७ साल मंसिर १५ गते तत्कालीन लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठले शिलान्यास गरेका थिए ।

कुल १८ करोडको लागतमा भवन तयार हुन लागेको भवनको अर्जुन बिल्र्डस प्रालिले निर्माण गरेको हो ।

भवन यही असार मसान्त सम्म निर्माण सक्नुपर्ने मिति रहेको छ । भवनमा लिफ्ट सिस्टमसँगै अत्याधुनिक खालको रहेको छ ।

अहिले  गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ भने २ वडामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।

गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकामै १५ शैय्याको अस्पताललाई संचालनमा ल्याउने भएको छ ।

त्यसको लागि गाउँपालिकाले २०८०/८१ सालको  नीति तथा कार्यक्रममा एम.बी.बी. एस. डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने भएको छ ।

गाउँपालिकामा एम.बी.बी.एस. डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेना लिन अनेत्र जानुपर्ने बाध्यताको अन्त्य हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।

पालिका पूर्ण पोषणमैत्री गाउँपालिका घोषणा भएको छ । केही दिनअघि पालिकालाई पूर्ण पोषणमैत्री बनाउन पालन गर्नपर्ने सबै सूचक पूरा गरेर पालिका पूर्ण पोषणमैत्री घोषणा गरिएको हो ।

त्यस्तै गाउँपालिकाले नसर्ने रोग क्यान्सर, सुगर जस्ता विभिन्न रोगबाट बच्न ‘हाम्रो गाउँ स्वास्थ्य बनाउ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नागरिकको खानपान बिभिन्न कारणले नसर्ने रोगका बिरामीहरु बढ्दै जान थालेपछि त्यसको रोकथाम र जनचेतनाको लागि उक्त कार्यक्रकम गरिने स्वास्थ्य शाखा संयोजक अर्यालले बताए ।

दुर्गम गाउँबस्तीमा विशेषज्ञ डक्टरहरु जान र बस्न नमान्ने समस्या रहेको छ । जसले गर्दा स्थानीय तहमा बनाइएका भवनहरू प्रयोगमा आउनेमा शंका छ ।

जिल्लाका अन्य पालिकामा १५ शैय्याका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शय्याको अत्याधुनिक भवन निर्माणको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?