+
+

पूर्वाञ्चल विश्वविद्यालयको पूर्वउपकुलपति रिजालको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १३:१६

९ असार, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक शिरीष रिजालको निधन भएको छ ।

विराटनगर महानगरपालिका-२ का बासिन्दा रिजालको शुक्रबार राति मृत्यु भएको हो ।

रिजालले केही दिनअघि ढाडको शल्यक्रिया गरेका थिए । शुक्रबार राति गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

रिजाल विराटनगरका उद्योगी पनि हुन् । उनी  नेपाल जुट मिल्स प्रालीका सञ्चालक हुन् । उनका दुई छोरी र एक छोरा छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?