+
+

जित्नैपर्ने खेलमा नेपाल १६७ रनमै अलआउट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १६:०७
फाइल तस्वीर

९ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई रनमै १६७ अलआउट गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

मात्र ७ रन जोड्दा पहिलो विकेटका रुपमा आशिफ शेखलाई शून्यमै गुमाएको नेपालका कुनै पनि जोडीले ठूलो साझेदारी गर्न सकेन र, निरन्तर विकेट गुमाइरह्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ न बनाए । सन्दीप लामिछानेले २७, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।

लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?