+
+

६२.२१ अंकले बढ्यो सेयर, सबै उपसूचक बढ्दा बीमा र फाइनान्स लगानीकर्ताको रोजाइमा

२२ धितोपत्रको कारोबार सकारात्मक सर्किट लेबलमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १५:३५

१० असार, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम साढे ६ अर्ब पुगेको यस दिन बजार ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा उक्लियो । यो ३.०३ प्रतिशतको वृद्धि हो ।

आइतबार सबै उपसूचकमा लगानीकर्ताको उत्साह देखियो । जसमध्ये सबैभन्दा धेरै जीवन बीमा कम्पनीको (७.७९ प्रतिशत) वृद्धि देखियो । त्यस्तै निर्जीवन बीमा कम्पनीको उपसूचक ६ दशमलव ०९ प्रतिशतले बढेको छ भने फाइनान्स कम्पनीको सूचक ५ दशमलव ७५ प्रतिशतले उकालो लाग्यो ।

विहीवार होटेल क्षेत्रको कारोबार उच्च भएकोमा आइतवार भने बीमा तथा फाइनान्सतर्फ लगानीकर्ता सिफ्ट भएका छन् । होटलबाट प्रोफिट बुकिङ गरेका लगानीकर्ताले यी क्षेत्रमा लगानी गरेको अनुमान गरिएको छ ।

आइतबार २२ वटा धितोपत्रको कारोबार सकारात्मक सर्किट लेवलमा भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, हिमालय लाइफ इन्स्यारेन्स, एनएमबी ५०, सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त संस्था, सिटी होटलसहितका कम्पनीको कारोबार सकारात्मक सर्किट लेवलमा भएको हो ।

बढ्दो बजारमा पनि सुभम् पावर, एनआइबीएल ग्रोथ फण्ड, पाँचथर पावर, तेह्रथुम पावर, इङ्वा हाइड्रोपावरसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । बाढीका कारण विद्युत् परियोजनाहरु बगाएका र डुबाएका जलविद्युत् कम्पनीहरुको शेयर मूल्य धेरै नै घटेको देखिएको छ । आइतबार शिवम् सिमेन्ट, सोल्टी होटेल, हिमालयन डिष्ट्रिलरीसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

कुल २७५ धितोपत्रको ९० हजार २४९ वटा कारोबारबाट १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ । जसबाट ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?