+
+
Shares

विपद् खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनामा २ प्रतिशत सेयर दिइने 

विपद्को जटिल र जोखिमपूर्ण अवस्थामा अहोरात्र खटिएर नागरिकको जनधनको रक्षा गर्ने राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन र उनीहरूको योगदानको दीर्घकालीन कदर गर्न यो कदम चालिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जलविद्युत् आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि सेयर निष्कासन गर्दा २ प्रतिशत हिस्सा आरक्षित गर्ने व्यवस्था गर्ने प्रक्रिया शुरू गरेको छ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्मा उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढाउन यो कदम चालिएको बताए ।
  • मन्त्रालयका अनुसार यस व्यवस्थाले जलविद्युत् क्षेत्रमा सर्वसाधारणसँगै सुरक्षाकर्मीको पनि प्रत्यक्ष स्वामित्व र सहभागिता सुनिश्चित गर्ने छ ।

७ असोज, काठमाडौं । नेपालमा प्राकृतिक विपद्का समयमा आफ्नो ज्यानको बाजी लगाएर खोज तथा उद्धार कार्यमा खटिने सुरक्षा निकायको योगदानको उच्च कदर गर्दै सरकारले जलविद्युत् आयोजनाहरूमा उनीहरूका लागि सेयर सुनिश्चितता प्रदान गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा  विभिन्न विद्युत् आयोजनाले सर्वसाधारण र स्थानीयका लागि सेयर निष्कासन गर्दा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको योगदानलाई सम्मान स्वरूप २ प्रतिशत हिस्सा सुरक्षित (आरक्षित) गर्ने गरी आवश्यक कानुनी तथा नीतिगत व्यवस्था मिलाउने प्रक्रिया सुरु गरिएको बताए ।

विपद्को जटिल र जोखिमपूर्ण अवस्थामा अहोरात्र खटिएर नागरिकको जनधनको रक्षा गर्ने राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन र उनीहरूको योगदानको दीर्घकालीन कदर गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।

सरकारको यस निर्णय र प्रक्रियाले देशको जलविद्युत् क्षेत्रको विकासमा सर्वसाधारणका साथसाथै उद्धारमा समर्पित सुरक्षाकर्मीहरूको पनि प्रत्यक्ष स्वामित्व र सहभागिता सुनिश्चित हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?