+
+

काठमाडौं महानगरले ३०० कुचीकार र १५१ नगर प्रहरी थप गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १३:०१

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ३०० जना कुचीकार थप गर्ने भएको छ ।

उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३०० जना कुचीकार, २६९ जना स्वास्थ्यकर्मी, १५१ जना नगर प्रहरी जवान, ५१ जना कार्यालय सहयोगी र ३२ जना चौकीदार करारमा राख्ने जानकारी दिइन् । यी जनशक्ति करारमा राख्न महानगरपालिकाले ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

काठमाडौं महानगरपालिकाले नगर प्रहरीको दरबन्दी ५०० जना पुर्‍याउने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?