+
+

इन्द्रजित साफीका चारै दाजुभाइले लिए नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १५:३९

१० असार, जनकपुरधाम । नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चार दाजुभाइले नागरिकता पाएका छन् ।

नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त इन्द्रजितका दाजु भाइले जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंशजको नागरिकता पाएका हुन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ भरतपुर घर भएका इन्द्रजितले ३१ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।

आमा सोनावतीसँग चारछोराहरु नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए ।

जेठो इन्द्रजित, माहिलो २९ वर्षका रञ्जित साफी, २२ वर्षका छोटु साफी र कान्छो वर्ष २१ का रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता उपलब्ध गराएको हो ।

उनीहरुलाईलाई प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकता हस्तान्तरण गरेका हुन् ।

नागरिकता पाएपछि ईन्द्रजितले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए । ‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छु’, उनले भने ।

उनी नागरिकता संघर्ष समितिका संयोजक भएर आन्दोलनरत थिए । ईन्द्रजित सिभिल इन्जिनियर हन् ।

बुबा विक्रम धोवीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालते बाटो खोलेपछि उनीहरुले नागरिकता पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?