+
+

सरकारसँग रासायनिक मलको मौज्दात कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १७:५३

१० असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्षको धान सिजनका लागि रासायनिक मलको अभाव नहुने दाबी गरेको छ ।

विगतको तुलनामा मातहतको निकायसँग पर्यप्त मात्रामा मलको मौज्दात रहेको र मल आयातको प्रक्रिया पनि नियमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सरकारी गोदाममा ७३ हजार मेट्रिकटन मल मौज्दात छ भने एक लाख २९ हजार मेट्रिकटन आयातकै क्रममा छ ।

मन्त्रालयसँग हालसम्म ७३ हजार ६६ मेट्रिकटन रासायनिक मल मौज्दात छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङसँग समेत गरेर कुल ५९ हजार ४५१.३० मेट्रिकटन युरिया, १३ हजार ४९२.४८ मेट्रिकटन डीएपी र १२२.३५ मेट्रिकटन पोटास मौज्दात रहेको मन्त्रालयले जनाएको छ । जसमा ४८ हजार १०९.५३ मेट्रिकटन मल कृषि सामग्री कम्पनीसँग छ भने साल्ट ट्रेडिङसँग २४ हजार ९५६ मेट्रिकटन मल मौज्दात छ ।

चालु आवको यस अवधिसम्म ३ लाख ३ हजार मेट्रिकटन मल आयात भइरहेकोमा २ लाख ६० हजार मेट्रिकटन मल बिक्री भइसकेको मन्त्रालयले जनाएको छ । यस्तै, एक लाख २९ हजार ५ सय मेट्रिकटन मल आयातको प्रक्रियामा छ ।

मन्त्रालयकाअनुसार कृषि सामग्रीले आयात गरेको २० हजार मेट्रिकटन डीएपी मल भारतको विशाखापट्नमबाट नेपाल पठाउने काम अघि बढिसकेको छ ।

यस्तै कम्पनीकै ५ हजार मेट्रिकटन पोटास पनि नेपाल पठाउने प्रक्रियामा रहेको छ भने ३० हजार मेट्रिकटन युरिया र २५ हजार मेट्रिकटन डीएपी आयातका लागि खरिद सम्झौता भइसकेको छ ।

यस्तै साल्ट ट्रेडिङले आयत गरेको २७ हजार मेट्रिकटन युरिया कोलकत्ताबाट नेपाल आउँदै गरेको र २५ हजार मेट्रिकटन डीएपी खरिद विन्दुबाट कलकत्ता बन्दरगाह आउँदै गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?