+
+

गुल्मीदरबार गाउँपालिकाकोले ल्यायो ४४ करोड बढीको बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते ६:५५

११ असार, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ सालको लागि  ४४ करोड बढीको बजेट ल्याएको छ ।

गाउँपालिकाले आइतबार प्रस्तुत गरेको बजेट ४४ करोड ५४ लाख ३४ हजार २ सय रूपैयाँ रहेको छ । जस अनुसार चालुतर्फ ३३ करोड ६५ लाख ९६ हजार ७ सय रूपैयाँ रहेको छ । पुँजीगत खर्च १०करोड ८८ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको छ ।

तेह्रौ गाउँसभामा पालिकाका उपाध्यक्ष तारा थापाले बजेट प्रस्तुत गरेकी हुन् । पालिकाको आन्तरिक आय भने ५५ लाख रहेको छ ।

बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा छन् । पालिकाले बजेट माथि छलफल असार १३ गते गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?