+
+

प्रदीपलाई लिएर ‘लिलिबिली २’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते ११:४५

काठमाडौं । अभिनेता प्रदीप खड्कालाई धमाधम फिल्मको अफर छ । ‘क्यामिनो’ छायांकनमा जाने टुंगो नलागेपछि उनी दिनेश राउतको ‘एड्भेन्चर ड्रामा’मा व्यस्त छन् । पोखरामा अहिले यो फिल्मको कार्यशाला चलिरहेको छ । यसबाहेक आशुसेन फिल्म्सको आगामी प्रोजेक्टमा पनि उनी हुनेछन् ।

निर्मात्री कृषा चौलागाईंले पनि उनलाई एक फिल्मको अफर गरेको बुझिएको छ । यस्तोमा २०७५ सालमा रिलिज भएको प्रदीप स्टारर ‘लिलिबिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्देशक मिलन चाम्सले आगामी चैत वा वैशाखदेखि यो रोमान्टिक ड्रामाकोे छायांकन सुरु हुने बताए । यो फिल्मलाई लिएर प्रदीप र निर्माता सुदीप खड्काबीच छलफल भएको छ ।

फिल्मका लागि अहिलेसम्म प्रदीप मात्र फाइनल भएको उनले जनाए । फिल्ममा अभिनेत्री जसिता गुरुङ हुने छैनन् । नयाँ अभिनेत्री लिने तयारी भइरहेको बुझिएको छ । यो फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखिरहेका छन् । ‘त्यतिबेलाको आन्तरिक विवादलाई पन्छाउने हो भने यो त्यतिबेलाको हिट फिल्म हो,’ निर्देशक चाम्सले भने, ‘निर्माताको हिसाबबाट यो फिल्म निश्चित भइसकेको छ ।’

‘लिलिबिली’को दोस्रो श्रृंखलाअघि निर्देशक चाम्स ‘वर एण्ड वधु’को छायांकनलाई पूर्णता दिन चाहन्छन् । यसबाहेक ‘क्याप्टेन अञ्जिला’ पनि छायांकनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?