+
+

मुम्बईमा शिल्पाले भनिन्- फिल्म ‘परस्त्री’ले नेपाल र भारतको संस्कृतिलाई जोड्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १२:४२

काठमाडौं । असार १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को टोली यतिबेला भारतमा फिल्म प्रचारप्रसार गरिरहेको छ । सोही मितिमा यो फिल्म भारतमा समेत हिन्दी संस्करणमा रिलिज हुने भएपछि अभिनेत्री शिल्पा मास्के, निर्देशक सुरज पाण्डेसहितको टोली मुम्बई पुगेको छ ।

मुम्बईमा आइतबार स्थानीय पत्रकारसँग कुराकानी गर्ने क्रममा शिल्पाले यो फिल्मले नेपाल र भारतको संस्कृतिलाई जोड्ने बताइन् । भारतीय सञ्चारमाध्यमले घेरिएकी उनले भनिन्, ‘यो एउटा सस्पेन्स थ्रिलर फिल्म हो । भारतीय दर्शकले पनि यो फिल्मबाट ठूलो आशा गर्न सक्नुहुनेछ । यो फिल्ममा काम गर्दा मैले निकै मिहिनेत गरेकी छु ।’

अभिनेता गौरव बिष्टले पनि ‘परस्त्री’ले भारतीय दर्शकलाई फरक स्वाद पस्किने बताए । कथाको आरोह-अवरोह र उत्कर्ष दृश्यले फिल्मलाई रोमाञ्चक तुल्याउने उनले दाबी गरे । पत्रकारको प्रश्नको जवाफ दिंदै निर्देशक पाण्डेले यो फिल्म भारतीय दर्शकका लागि भिन्न स्वादको हुने बताए ।

फिल्मको टिमले ‘संयुक्त नेपाली मुम्बई महासंघ’का प्रतिनिधिसँग पनि साक्षात्कार गरेको थियो । नेपालीसँग भारतमा आएर भेट्न पाउँदा आफूलाई नेपालमा नै रहेको महसुस भएको निर्मात्री शर्मिला पाण्डेले बताइन् ।  कार्यक्रममा महासंघका प्रतिनिधिले नेपाली फिल्म भारतीय हलमा रिलिज हुनु गर्वको विषय भएको बताए । सहनिर्माता पुष्पराज न्यौपानेले फिल्मलाई लिएर भारतमा क्रेज रहेको बताए । भारतीय सेन्सर बोर्डबाट झन्झट व्यहोर्नुपरेको गुनासो उनले राखे ।

दीपेन्द्र के खनालको पटकथा रहेको फिल्मका कलाकारले दिल्लीमा पत्रकारसँग साक्षात्कार गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?