+
+

‘कर्पोरेट पे’ मार्फत् जेठ महिनामा ५० अर्बभन्दा बढीको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १७:०३

काठमाडौं । ‘कर्पोरेट पे’ प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको छ । जुन कर्पोरेट पे सञ्चालन भएको २०७७ माघ महिना यताको सबैभन्दा धेरै मासिक कारोबार रकम हो ।

गत आर्थिक वर्ष कुल १०९.५ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको ‘कर्पोरेट पे’ मा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने ४२१ अर्ब रुपैयाँ भन्दा बढीको भुक्तानी कारोबार भएको छ ।

बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुइ गुणाले वृद्धि भएको ‘कर्पोरेट पे’ ले जनाएको छ ।

हाल शैक्षिक संस्थाहरु, कन्स्ट्रक्शन कम्पनीहरु, ट्राभल व्यवसायीहरु, रिटेल व्यवसायीहरु लगायतका विभिन्न संस्थागत ग्राहकहरुले कर्पोरेट पे प्रयोग गर्ने गरेका छन् ।

४७ बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ७ हजार ७०० भन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएको ‘कर्पोरेट पे’ ले जनाएको छ ।

एउटै प्ल्याट्फर्ममा एक भन्दा बढी बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था रहेको यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, फण्ड म्यानेजमेन्ट लगायतको थप सुविधा रहेको छ ।

‘कर्पोरेट पे’ का अनुसार प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?