+
+

सिटीबाट खेल्न पाउनु मेरा लागि सम्मान : गुण्डोगान

बीबीसीबाट बीबीसीबाट
२०८० असार ११ गते १७:३८

११ असार, काठमाडौं । फ्रि ट्रान्सफरमार्फत स्पेनिस महारथी बार्सिलोनामा अनुबन्ध हुनुअघि इल्के गुण्डोगानले म्यानचेस्टर सिटीबाट खेल्न पाउनु आफ्ना लागि सम्मान र खुसीको कुरा भएको बताएका छन् ।

गुण्डोगानलाई क्लबमै राख्न सिटीले गरेको प्रस्ताव अस्वीकार गरी गुण्डोगानले बार्सिलोनासँग २ वर्षको नयाँ सम्झौता गरेका छन् । थप एक वर्ष सम्झौता लम्ब्याउन सकिने विकल्पसमेत छ ।

३२ वर्षीय जर्मन मिडफिल्डरको सिटीसँगको सम्झौता जुनको अन्तिमदेखि सकिँदै थियो ।

‘म्यानचेस्टर मेरो घरजस्तै रह्यो । र, मैले सिटीमा निकै विशेष परिवारको हिस्सा महशुस गरेँ,’ गुण्डोगानले भनेका छन् ।

गुण्डोगानले सन् २०२२–०२३ को सिजन सिटीका लागि ५१ खेल खेलेर ११ गोल गरेका थिए । सिटीलाई प्रमुख तीन उपाधि दिलाउन उनको प्रधान भूमिका थियो ।

उनले सिटीका लागि खेलेको अन्तिम ७ खेलमा ६ गोल गरे । एफए कप फाइनलमा म्यानचेस्टर सिटीलाई हराउन उनले २ गोल गरेका थिए ।

बार्सिलोनाले गुण्डोगानसँग सम्झौता गरी ४०० मिलियन युरो रिलिज क्लज (बेच्ने मूल्य) निर्धारण गरेको छ । गुण्डोगान सन् २०१६ मा बोरुशिया डर्टमण्डबाट लगभग २० मिलियन पाउण्डमा सिटी पुगेका थिए ।

सोही सिजन बायर्न म्युनिखबाट सिटीमा अनुबन्ध भएका प्रशिक्षक पेप ग्वार्डिओलाको पहिलो अनुबन्धन गुण्डोगान नै थिए ।

उनले सिटीका लागि ३०४ खेलमा ६० गोल गरेका छन् भने १२ प्रमुख उपाधि जिताएका छन् । त्यसमा पाँचपल्ट प्रिमियर लिग, एकपल्ट च्याम्पियन्स लिग, दुई एफए कप र चार कारबाओ कप सामेल छ ।

उनले सिटीका साथ थुप्रै अविष्मरणीय क्षणको महशुस गरेको बताएका छन् । क्लबले ट्रेवल उपाधि जितेको समयमा टिमको कप्तानी गर्न पाउनु आफ्नो करिअरकै सबैभन्दा ठूलो क्षणका रुपमा उनले व्यख्या गरे ।

‘सबैभन्दा पहिला म पेपलाई धन्यबाद दिन चाहन्छु । यति लामो समयसम्म उनको नेतृत्वमा खेल्नु र उनीसँग सिक्न पाउनुलाई म कहिल्यै विर्सिने छैन,’ उनले थपे, ‘टिमका सबै पूर्व तथा वर्तमान साथी खेलाडी तथा सिटीका सबै समर्थकलाई धन्यबाद दिन चाहन्छु । उनीहरुले मलाई यहाँ आएदेखि नै माया गरे त्यसका लागि सधैं आभारी छु ।’

सिटीका निर्देशक सिकी बेगिरिस्टेनले गुण्डोगानको बुद्धिमानी नेतृत्व र प्रतिवद्ध सोचको प्रशंशा गरेका छन् ।

‘इल्केले म्यानचेस्टर सिटीको इतिहासमा आफ्नो नाम पक्का गरिसकेका छन् । हामी सबै उनको करिअरको आगामी अध्याय राम्रो होस भनेर कामना गछौं,’ उनले भनेका छन् ।

सिटीले चेल्सीबाट क्रोएसियाली मिडफिल्डर माटेओ कोभासिचलाई ३० मिलियन पाउण्डमा भित्र्याएपछि क्लबबाट गुण्डोगानको वहिर्गमन भएको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?