+
+

अमिताभ बच्चनले एआईमा लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १२:३६

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले एआई अर्थात् आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता)मा लगानी गर्ने भएका छन् । एआई स्टुडियो, एग्रिगेटर र डिजिटल आईपी मोन्टाइजेसन कम्पनी इकोन्जसँगको सहकार्यमा बच्चनले लगानी गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हलिउडको फिल्म निर्माणमा पछिल्लो समय एआईको दबदबाबीच भारतीय फिल्मका दिग्गज अभिनेताले यस्तो योजना अघि सारेका हुन् । जेनेरेटिभ एआई एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली हो, जुन अक्षर, फोटो, भिडियो वा अन्य मिडिया उत्पन्न गर्न सक्षम छ । यसको पछिल्लो लोकप्रिय उदाहरणमा च्याट जीपीटी र बिङ च्याट हुन् ।

भारतीय ग्राफिक उपन्यास ‘अमर चित्र कथा, टिङ्कल र चाचा चौधरीसँग पहिले नै काम गरिसकेको कम्पनी इकोन्जले बच्चनसँगको सहकार्यमा ‘अन्तक्र्रियात्मक मनोरञ्जनको नयाँ युग सिर्जना गर्न उन्नत प्रविधि र सांस्कृतिक आइकनलाई एकसाथ ल्याउने’ योजना अघि सारेको छ ।

इकोन्ज टोलीले अभिनेता बच्चनसँग मिलेर विश्वभरका फ्यानलाई अनुभव प्रदान गर्नका लागि उनका प्रतिष्ठित काम र विशेषतालाई आत्मसात गर्ने प्रयास गरिरहेको छ । सन् २०२३ को अन्त्यमा लन्च गरिने यस्तो एआई प्रविधिको माध्यमबाट भारतीय फ्यानले जुनसुकै लोकेसनबाट पनि बच्चनसँग तुरुन्तै अन्तक्रिया गर्न सक्नेछन् ।

बच्चनले भने, ‘प्रविधिको विकास भइरहेको तरिका र विश्वभर नयाँ आविष्कार जुन गतिमा आइरहेका छन्, त्यसमा मैले चाख लिएको छु । यो एउटा उत्पादनशील एआई हो । जेनेरेटिभ एआईको यस्तो अचम्मको भविष्यवादी संसारको हिस्सा बन्न पाउँदा म खुसी छु । यसैले आइकोञ्जसँग साझेदारी गरेको छु । सँगै हामी यो नयाँ मेटाभर्स संसारमा लाग्नेछौं ।’

इकोन्जलाई मार्क जुकरबर्ग, जेफ बेजोस, बिल गेट्स र रीड होफम्यानले समर्थन गरेको भेन्चर क्यापिटल फर्म भिलेज ग्लोबल लगायत लगानीकर्ताद्वारा समर्थन छ । कम्पनीले वुडस्टक र पोलिगन र ‘बाहुबली’ स्टार राणा दग्गुबाती र प्रसाद वाङ्गाको एन्थिल भेन्चर्सबाट पनि लगानी प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?