+
+

ज्यासमिन फिटनेस क्यानको अफिसियल फिटनेस पार्टनर

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १३:३७

१२ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ज्यासमिन फिटनेससँग फिटनेस पार्टनरको रुपमा सम्झौता गरेको छ ।

त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको ज्यासमिन फिटनेस क्लबसँग क्यानले एक वर्षको सम्झौता गरेको हो ।

क्यानमा आवद्धमा उमेर समूहदेखिकै सम्पूर्ण खेलाडीलाई निशुल्क सदस्यता दिई सेवा दिने सम्झौतामा उल्लेख गरिएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

उक्त सम्झौता अनुसार ज्यासमिन फिटनेसले उमेर समुहमा यू–१६, यू–१९ तथा सिनियर टिमका सम्पूर्ण महिला र पुरुष खेलाडीलाई योगा, जुम्बा, एरोबिक, जिम, साउना, जकुजी, स्टिम र पौडीको सुविधा दिनेछ ।

क्यानले खेलाडीको फिटनेसलाई प्रभावकारी बनाउन यो सम्झौता गरेको पाठकले बताए ।

‘खेलाडीको फिटनेस बन्द प्रशिक्षणको समयभन्दा बाहेक पनि प्रभावित नहोस् भन्नका लागि हामीले यो सम्झौता गरेका हौं ।’

क्यानले आज नै फिटनेस क्लबलाई उमेरसमुहदेखि सिनियरसम्मको सबै खेलाडीको नाम सदस्यता कार्डका लागि उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?