+
+

स्कटल्याण्डलाई हराउँदै श्रीलंका सुपर सिक्सको पहिलो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १९:४२

१२ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा श्रीलंकाले स्कटल्याण्डलाई ८२ रनको फराकिलो अन्तरले हराएको छ ।

पहिला ब्याटिङ गरेको श्रीलंका खेल सकिन ३ बल बाँकी छँदा नै २४५ रनमा अल आउट भएको थियो । उसका लागि ओपनर पथुम निस्संकाले ७५ तथा चरिथ असालंकाले ६३ रन बनाए ।

२४६ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड २९ ओभरमा १६३ रनमा अल आउट भयो । उसका लागि क्रिस ग्रेभ्सले नट आउट ५६ रन बनाए भने क्रिस्टोफर म्याकब्राइड २९ रनमा आउट भए ।

यसअघि नै सुपर सिक्समा पुगिसकेको श्रीलंकाको यो जितसँगै सुपर सिक्समा ४ अंक भएको छ ।  पराजित स्कटल्याण्डको भने २ अंक मात्र छ ।

समूह एबाट सुपर सिक्समा आएको जिम्बाव्वेको ४ तथा नेदरल्याण्डसको २ अंक नै छ । रन रेटका आधारमा श्रीलंका सुपर सिक्सको पहिलो स्थानमा छ ।

सुपर सिक्समा वेष्ट इण्डिज र ओमान भने अंक विहीन छन् । अब सुपर सिक्सका टिमले समूह चरणमा नखेलेका ३ टिमसँग खेल्ने छन् । त्यसपछि समूहको शीर्ष स्थानमा रहने २ टिम फाइनलमा पुग्ने भारतमा हुने विश्वकपमा छानिने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?