+
+

मिसन इम्पोसिबल ७ : यसरी छायांकन गरियो टम क्रुजको खतरनाक स्टन्ट दृश्य

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १२:२४

काठमाडौं । हलिउड अभिनेता टम क्रुजले आफ्नो आगामी फिल्म ‘मिसन इम्पोसिबल ७’ मा दिएको खतरनाक स्टन्टलाई लिएर अहिले विश्वभर चर्चा भइरहेको छ । ट्रेलर रिलिज भएदेखि नै दर्शक र नेटिजनमाझ यसले ध्यान तानेको छ । यो चर्चामाझ क्रुजले उक्त स्टन्ट छायांकनको ‘बिहाइन्ड द सिन’को दृश्य सार्वजनिक गरेका छन् ।

उक्त दृश्यमा अभिनेता क्रुजले एक अग्लो पहाडी चट्टानबाट बाइकसँगै हामफालेको देख्न सकिन्छ । छायांकनको बेलाको भिडियो सार्वजनिक गर्दै क्रुज लेख्छन्, ‘हामी यो किन गर्दैछौं ? किनभने यो मिसन इम्पोसिबल हो ।’ यो छोटो क्लिपमा क्रुज र निर्देशक क्रिस्टोफर म्याक्क्वेरीले ‘उनीहरुले प्रयास गरेको सबैभन्दा खतरनाक चीज’ भन्दै कुरा गरेका छन् ।

उक्त भिडियोमा क्रुजले ‘यो डरलाग्दो आइडिया हो’ भन्दै कुरा गरेको देख्न सकिन्छ । भिडियो त्यसपछि टम क्रुजमा केन्द्रित हुन्छ । उनी स्टन्ट प्रदर्शन गर्दै चट्टानबाट बाइकसँगै हामफाल्छन् । क्लिप समाप्त हुन्छ जब निर्देशक र अभिनेताले पुनः भन्छन्, ‘हामी यो किन गर्दैछौं । यो खराब आइडिया हो ।’

‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’को ट्रेलर यस वर्षको मे महिनामा रिलिज भएको थियो । फ्रेन्चाइजीको सातौं श्रृंखलामा अभिनेता क्रुज इथान हन्टको भूमिकामा देखिएका छन् । यति मात्र होइन, उनले यसमा अन्य जोखिमपूर्ण स्टन्ट पनि दिएका छन् जसमा तीव्र गतिमा चलिरहेको ट्रेनमा चक्कु हानाहानको दृश्य होस् या रेल नै पानीमा डुबेको दृश्य । जंगलदेखि मरुभूमिसम्मको यात्रामा सुपर एजेन्टको यो मिसन तुफानी यात्राजस्तो देखिन्छ ।

सातौं श्रृंखलामा नयाँ र पुराना कलाकारहरु सिमोन पेग, रेबेका फर्ग्युसन, हेनरी जेर्नी, भेनेसा किर्बी, फ्रेडरिक स्मिट, हेली लगायत छन् । ‘मिसन इम्पोसिबल : डेड रेकनिङ पार्ट वन’लाई प्यारामाउन्ट पिक्चर्स, टीसी प्रोडक्सन र स्काईडान्सले निर्माण गरेका हुन् । क्रिस्टोफर म्याक्वेरीद्वारा निर्देशित, निर्माण र लेखिएको यो फिल्म असार २९ गते नेपालमा पनि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?