+
+

एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक असार १७ गतेसम्मका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १९:०८

१३ असार, दाङ। लुम्बिनीमा एमालेको विरोधपछि प्रदेश सभाको बैठक असार १७ गते आइतवारसम्मका लागि स्थिगीत गरिएको छ।

प्रतिपक्ष दल एमालेकोले बजेटमा योनजाहरु कटौती गरेको विषयामा विरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक असार १७ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गएिको हो।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न भनेर बुधवार दिउँसो प्रदेश सभाको बाह्रौ बैठक बसेको थियो ।

बैठकमा सुरूवातमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा प्रदेशका क्रमागत योजनाहरु कटौती गरिएको र निर्देशनालयहरु खारेज गर्ने कुराको विरोध जनाएका थिए।

प्रदेश सभा बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले बजेटमा कटौती गरिएका क्रमागत योजनाहरु बजेटमा पुनः समावेश गर्नुपर्ने र प्रदेशका निर्देशनालय खारेज गर्ने कुराको संशोधन गर्नुपर्ने भन्दै अडान लिए।

उनले सरकारले आफूहरुले भनेका कुराहरुको लिखित प्रतिवद्धता नगरेसम्म सदन चल्न नदिने चेतावनी दिए। त्यसपछि प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारसँग आवश्यक छलफल र परामर्शका लागि भनेर आधा घण्टा बैठक स्थगित भएको जानकारी दिएका थिए।

त्यसपछि पुन: बैठक नबसी सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?