+
+

चिनियाँ करोडपति, जो विश्वविद्यालको प्रवेश परीक्षामा २७ पटक भए फेल

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते २०:०५

१३ असार, काठमाडौं । चीनका एक करोडपति व्यापारी विश्वविद्यालयले भर्नाका लागि लिने प्रवेश परीक्षामा २७औं पटक  फेल भएका छन् ।

५६ वर्षका लियाङ शीले ७५० मा ४२४ अंक मात्र प्राप्त गरे । चीनको कुनै पनि विश्वविद्यालयमा भर्ना हुनका लागि न्युनतम ४५८ अंक ल्याउनु पर्छ ।

यो वर्ष चिनियाँ विश्वविद्यालयमा भर्नाका लागि १ करोड ३० लाख विद्यार्थी सहभागी थिए । जसमध्ये एक रहेका लियाङको असफलताको कहानी स्थानीय सञ्चार माध्यममा प्रकाशित छ ।

उनले सन् १९८३ देखि प्रवेश परीक्षा दिँदै आएका छन् । यो पटक पनि असफल भएपछि निराश भएका उनले विश्वविद्यालयमा अध्ययन गर्ने सपना पूरा नभएकोमा दुख व्यक्त गरे । सिचुअनमा लियाङले तियानमू न्यूजसँग भने, ‘मलाई लाग्थ्यो कि म गर्न सक्छु, तर अब म टुटेको छु ।’

उनले एउटा प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने र बुद्धिजीवी बन्ने सपना देखेका थिए ।

चीनमा विश्वविद्यालयमा लिइने प्रवेश परीक्षालाई कठिन मानिन्छ । सन् २०२१ मा लिइएको परीक्षामा ४१.६ प्रतिशत मात्र उत्तीर्ण भएका थिए ।

आफूले काम गर्दै आएको कम्पनी टाट पल्टेपछि २३ वर्षको उमेरमा उनले सन् १९९० मा दाउराको कारोबार सुरु गरेका थिए ।

त्यसबाट १० लाख युआन कमाएका उनले निर्माण सामग्रीको व्यापार सुरु गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?