+
+

बिहीबार रिलिज भएको ‘परस्त्री’को ओपनिङ कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते ११:४७

काठमाडौं । बिहीबारदेखि प्रदर्शनमा आएका फिल्महरुको ओपनिङ निकै कमजोर देखिएको छ । बकर इदको सार्वजनिक बिदाको दिनमा पनि फिल्मले अपेक्षित ओपनिङ गर्न सकेनन् । तर शुक्रबार र शनिबार अकुपेन्सीमा केही सुधार हुने अपेक्षा गरिएको छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा ‘परस्त्री’को पहिलो दिनको नेट कलेक्सन एक लाख ५६ हजार रुपैयाँ छ । तर प्रिमियरमा यो फिल्मले सकारात्मक समीक्षा प्राप्त गरेको चर्चा थियो । परस्त्रीको यो ओपनिङ अपेक्षा गरिएभन्दा निकै न्यून हो । झरीले शुक्रबार बिहानको शो प्रभावित बनेको देखिएको छ ।

प्राप्त सकारात्मक समीक्षाको प्रभाव फिल्मको शुक्रबार र शनिबारको कमाइमा देखिनु आवश्यक छ । शुक्रबार बेलुकासम्मको अकुपेन्सीले फिल्मको आगामी साता कसरी अघि बढ्नेछ भन्ने निर्क्योल गर्नेछ । सुरज पाण्डे निर्देशित यो फिल्ममा शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका छ ।

बिहीबारदेखि नै प्रदर्शनमा आएको भारतीय फिल्म ‘सत्यप्रेमकी कथा’को नेपाल ओपनिङ पनि न्यून छ । भारतीय फिल्म प्रदर्शनका लागि अदालतले आदेश दिएपछि पहिलोपटक रिलिज भएको यो फिल्मले समीक्षा सुखद प्राप्त गरे पनि सोहीअनुसार ओपनिङ गर्न भने सकेन ।

शुक्रबारदेखि नेपाली हलमा ह्यारिसन फर्ड स्टारर हलिउड फिल्म ‘इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’ रिलिज भएको छ । १५४ मिनेट लामो यो फिल्म इन्डियाना जोन्स फ्रेन्चाइजीको पाँचौं र अन्तिम श्रृंखला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?