+
+

कोशीको मुख्यमन्त्रीमा मेरो दाबी छैन : राजेन्द्र राई

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १४:११

१५ असार, विराटनगर । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् ।

शुक्रबार मात्र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन सकेनन् । प्रस्तावको पक्षमा जम्मा ४६ मत खस्यो, बहुमतका लागि ४७ चाहिन्थ्यो ।

अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्ने पाँचदलीय गठबन्धनका नेताहरुले बताएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा चार सिट भएको एकीकृत समाजवादीका संसदीय दलका नेता राईले मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेको बताए ।

‘केन्द्रमा समझदारी भयो भने जुनसुकै जिम्मा लिनुपर्ने भएकाले त्यसका लागि तयार छु । तर व्यक्तिगत रुपमा (मुख्यमन्त्रीमा) मेरो दाबी र प्रयास छैन’, उनले भने ।

आफूले दाबी नगरेपछि नै नयाँ प्रक्रिया अघि बढेकाले यसमा समर्थन र सहयोग गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?