+
+

कोशी प्रदेशमा जलन अस्पताल निर्माणका लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १९:४१

२५ पुस, विराटनगर । कोशी प्रदेशमा जलन अस्पताल निर्माणका लागि सम्झौता भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक शय्याको अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको हो ।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ विघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको हो ।

ट्रष्टले पटक पटक उक्त अस्पताल निर्माणका लागि सरकारसँग पहल गरे प्रकृया अघि बढेको थिएन् । चालू आर्थिक वर्षको बजेटमा मुख्यमन्त्री कार्कीले अस्पताल निर्माणका लागि बजेट छुट्याएका थिए । त्यसपछि अस्पताल निर्माणको प्रक्रिया सुरु भएको हो ।

प्रदेश सरकारले ट्रष्टलाई अस्पताल निर्माण सुरू गर्न तीन महिना भित्र १ करोड ५० लाख बजेट दिनेछ । ४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

ट्रष्टले किर्तिपुर नगरपालिकासँगको सहकार्यमा किर्तिपुर अस्पताल, काठमाडौं मोडेल अस्पताल सञ्चालन गरेको र काठमाडौं बाहिर सात वटै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिमलगायतको सेवा प्रवाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?