+
+

‘अभियान यौन तथा प्रजनन स्वास्थ्य र अधिकारी सुनिश्चितता’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते २१:१५

१५ असार, काठमाडौं । ‘अभियान यौन तथा प्रजनन स्वास्थ्य र अधिकारी सुनिश्चितता’ फिचर पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकमा समस्याको अवस्था, राज्य र सरोकारवाला निकायको भूमिकाको विषयमा रहेर लेखिएको २० वटा फिचर सामग्री रहेका छन् ।

सञ्चारिका समूहले महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा केन्द्रित रहेर देशभरका २० जना पत्रकार महिलालाई लेखनवृत्ति प्रदान गरेर फिचर सामग्री तयार गरेको हो ।

नेपाली महिलाको सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चितताका निम्ति नीति, कार्यक्रम र कानूनलाई लैंगिक संवेदनशील बनाउन, नीति निर्माताहरुलाई सचेत र संवेदनशील बनाउन फिचर सामग्रीले दबाब दिने सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले बताइन् ।

उनले भनिन्, ‘यो फिचर सामग्री लेख्नकै लागि मात्रै नभएर ‘नेपाली महिलाको सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चितताका निम्ति नीति, कार्यक्रम र कानूनलाई लैंगिक संवेदनशील बनाउन, नीति निर्माताहरुलाई सचेत र संवेदनशील बनाउन दबाब दिनको लागि पनि हो ।’

त्यसको साथै पत्रकार महिलालाई यहि पेशामा टिकाउन, उनीहरुको लेखन क्षमता विकासको लागि समेत सकारात्मक प्रभाव पारेको उनले बताइन् ।

प्रजनन तथा यौन समस्याको विषयमा समुदाय स्तरमै पुगेर के कस्ता समस्या छन्, राज्य र सरोकारवाला निकायहरुले कसरी सम्बोधन गरेका छन् अथवा गर्नुपर्छ भन्ने फिचरमा समेटिएको छ ।

कोशी, सुदुरपश्चिम र गण्डकी प्रदेशका पत्रकार महिलालाई क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरेको र त्यसबाट छनोट भएकालाई आइपासको सहयोगमा लेखनवृत्ति दिईएको सञ्चारिकाकी महासचिव बसन्ती वास्तोलाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?