+
+

नयाँ शिक्षा ऐन माग गर्दै विद्यार्थीको पत्र शिक्षामन्त्री र सांसदलाई

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते ६:१७

१७ असार, काठमाडौं । नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै समाजवादी विद्यार्थी युनियनले चरणबद्ध संघर्षको कार्यक्रम सुरु गरेको छ ।

शनिबार युनियन आबद्ध विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शरीरमा ‘सबै विद्यार्थीको एउटै प्रश्न, पञ्चायी शिक्षा ऐन कहिलेसम्म ?’ नारा लेखाउँदै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले अर्धनग्न प्रदर्शन गरे ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरे । उनीहरूले सरकारसँग कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाई गर्न नहुने माग गरे ।

प्रदर्शनमा सहभागीहरूले ‘पञ्चायती ऐन खारेज गर, शिक्षा आयोग प्रतिवेदन खोई ? शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर, शिक्षा र स्वास्थ्य पूर्ण निशुल्क गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

आइतबार देशभरबाट संघीय शिक्षा मन्त्री अशोक राईलाई नयाँ शिक्षा ऐनको माग गर्दै एसएमएस गर्ने र सोमबार सबै संघीय सांसदलाई ऐनको माग गर्दै पत्राचार गर्ने कार्यक्रम रहेको अध्यक्ष चापागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?