+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

बैंकको ऋण मुठीभर सभ्रान्तहरुले मात्र पाउँछन् : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १३:२९

१७ असार, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्तहरुले मात्र बैंकहरुबाट ऋण पाएको टिप्पणी गरेका छन् ।

बैंकहरुबाट ऋण नपाएपछि आम नागरिकले मिटरव्याजीहरुबाट ऋण लिनुपर्ने र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको पनि उनले बताए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले गरीबहरुले पनि बैंकहरुबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘सिरहाको एउटा बैंक, लहानको एउटा बैंक, जहाँ त्यहीँका दाजुभाइले पैसा राखेका छन् । त्यहाँ आफ्नै भाइले पैसा निकाल्न खोज्यो भने पाउँदैन । उसले निक्षेप पूँँजी १० करोड राखेको छ भने त्यो निकाल्ने अधिकार त उसले पाउँछ नि । १० करोड त उसैको गाउँको पैसा हो । त्यो पैसा काठमाडौंमा ल्याएर आफ्ना निजी स्वार्थ पूर्ति गर्ने । आम जनताका ऋणबिना तड्पेर ठगिनुपर्ने’ सांसद साहले भने ।

बैंकहरु निक्षेप बढ्यो भनेर खुशी भएको तर जुन ठाउँको निक्षेप हो त्यहीँ परिचालन नगरेको उनले बताए ।

‘निक्षेप पूँँजी बढ्यो बैंकरहरु खुशी छन । तर त्यो निक्षेप पूँजीको भाग जनताले पाउनु पर्छ कि पर्दैन ? जनताले त्यहाँ त्यो ऋण पाउने अधिकार राख्छ कि राख्दैन ? मुठीभर मान्छेले पाउने तर आम जनता निरीह भएर, लाचार भएर ठगिनुपर्न, त्यो परिवेशलाई पनि ध्यानमा राखेर गरिनुपर्थ्यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?